जि युवा भ्रमण अन्तर्गत १० दिने म्याग्दी र मुस्ताङको यात्रापश्चात साविक छेस्काम गाविसमा कार्यरत हाम्रो युवा कर्मचारी प्रशान्त विश्वकर्माले रचना गरेको कविता ।

सारङ्गीको बेदनायुक्त धुन संगै शुरु भो यात्रा हाम्रो
प्राकृतिक अनुपम सुन्दर बेनी बजार कति राम्रो ।
काली खोला सुसाई संगै अति राम्रो मल्ल दरबार
म्याग्दी जिल्ला जलजलामा छ है मल्लदरबार ।।

 

घुम्न जाउ है नागी गाउँ सामुदायिक एकता र सम्भाव्यताको राम्रो ठाउँ
प्रबिधिमा इन्टरनेट ,टेलिटिचिङ, टेलिमेडिसिन नेपालको नमुना गाउँ ।
भिन्न भाषा, सँस्कृतिको बिम्ब संगै सजिएको मगर बस्ती
स्वास्थ्य, शिक्षा, सञ्चार प्रबिधि विकासमा महाविर पुन हस्ती ।।

 

 

मुस्ताङ, जोमसोम, मार्फाको स्याउ बगान राम्रो
तातोपानी कन्चन झर्ना दगं भो मन हाम्रो ।
लोमान्थाङ राम्रो साँस्कृतिक सम्पदा र हिमालले
प्रसिद्द छ गुम्बा, गुफा अनि चाइनाको सिमानाले ।।

हिमालको टाकुरामा मोटर साइकल के सारो गुडेको
तामाङसेलो, भोट, हिमाली सँस्कृति कान्छी नानी के राम्रो नाचेको ।
डाँफे, मयुर, कस्तुरी र चौरी च्याँङग्रा लेकमा
प्राकुतिक अनुपम सुन्दरता पाइन्छ  है हिमाल पारीको मुस्ताङमा  ।।

 

मुक्तिनाथ मन्दीरमा एकसय आठ धारा
देश बिदेशबाट दर्शन गर्न आउदा रहेछन् सारा ।
पोखराको फेवा तालमा माझी दाइले ख्याए ढुङ्गा सरर
साराङकोटको हावा सँगै प्यारागलाइडिङ गर्दा मन भयो फरर ।।

 

– प्रशान्त विश्वकर्मा