Vacancy Announcement for Quality Education Coordinator

नेपाली भाषाको बिज्ञापनका लागि तल जानु होला ।

Quality Education Coordinator Terms of Reference

dZi seeks a qualified and motivated individual for the post of Quality Education Coordinator for our Nepal Country Office, starting from August 2019. The Quality Education Coordinator will be responsible for spearheading the quality education program of dZi Foundation in our working areas of Khotang, Solukhumbu and Bhojpur. While the post is based initially in Kathmandu, the coordinator will spend a majority of his/her time visiting project locations in the field in later stages of the program.

BACKGROUND:

dZi is a small INGO that partners with communities in Eastern region of Nepal to build sustainable locally-driven programs that improve quality of life and increase prosperity for communities and individuals. We accomplish this through helping community members gain the skills, knowledge, and experience necessary to achieve this end themselves.

Our programs incorporate a ‘deep development’ model that empowers our partner communities to be involved in all aspects of program design and implementation. We work in a focused area of Eastern Nepal and seek to provide long-term and comprehensive support across all development sectors.

Since the past 10 years, dZi has been involved in helping improve the physical infrastructure of schools in its partner communities. Now dZi is looking to expand its work into supporting rural schools on improving the quality of education as well, with a few major goals:

  1. Increase student attendance in Government schools
  2. Decrease dropout rates for female students
  3. Decrease truancy rates by 50%
  4. Increase student performance by 25% as reflected by standardized test performance in the SEE, class 8 and class 5 exams.

DUTIES AND RESPONSIBILITES:

The Quality Education Coordinator will be responsible for leading the conceptualization and programmatic launch of our new quality education program. The first six months of the position will mainly be occupied by conceptualization, creating long term strategies, hiring, and building out an implementation plan that will achieve our major goals within a 2 year period.

JOB PROFILE:

The post is open to Nepali nationals ready to make a long-term commitment to an innovative organization. Applicants must be self-motivated creative thinkers who have a demonstrated ability to work without immediate supervision, and are eager to spend extended periods of time working with – and learning from – some of the most remote communities in Nepal. The Quality Education Coordinator will work closely with the Executive Director, Deputy Country Director, dZi Foundation field staff, and our local NGO counterparts to ensure successful project implementation and management as well as supporting fundraising efforts.

MAJOR RESPONSIBILITIES:

This position is responsible for creating long term strategy, program planning and successful implementation of all dZi’s quality education program in selected schools and working areas. This will be accomplished through the following specific tasks.

Planning Phase – 5 months

  1. Meeting local stakeholders to better understand and refine program objectives and goals based upon local needs and existing capacities
  2. Assess the current status of community schools to establish a baseline and inform program strategy
  3. Design a 5-year project strategy that includes piloting and scaling strategies, designed to meet project objectives in a given timeline
  4. Create an implementation strategy and timeline, including budgeting and major milestones
  5. Meeting with, and selecting implementing partners and resource agencies to support implementation
  6. Successfully hiring additional support staff if relevant

Program Implementation Phase (Starting January 2020)

  1. Prepare and implement a project orientation curriculum for all dZi stakeholders, NGO partners, and local schools
  2. Successfully launching the project and managing effective implementation, monitoring and evaluation, and improvement of the strategy
  3. Coordinate with related governmental and other non-governmental bodies as required
  4. Coordinate with dZi construction team to introduce school designs and other infrastructures that will promote the objectives of the quality education program
  5. Support fundraising for the program through developing materials, budgets, timelines, strategies etc.
  6. Continually research teaching methodologies, innovations, and resources to incorporate into the program

QUALIFICATIONS:

We favor personality, creativity and experience equally for this position. Candidates should meet the following criteria:

  1. Demonstrated passion for improving educational opportunities for rural students in Nepal
  2. Strong written and verbal Nepali skills, and a working knowledge of English language. Strong written and spoken English is a plus
  3. Completion of a Bachelor’s Degree in a suitable field, completed Graduate study preferred
  4. At least 3 years’ experience of working in the education sector – including working with rural schools to improve education standards, educational material creation, curriculum development, teaching etc.
  5. Willingness and ability to spend extended periods of time working in extremely remote areas, including walking on foot for multiple days over rough terrain.

COMPETENCIES:

  1. Excellent interpersonal skills and ability to work closely with local staff, teachers, School Management Committee representatives and other relevant stakeholders
  2. Demonstrated honesty and integrity
  3. Proven critical thinking and ability to work creatively
  4. Self-motivated and ability to work independently
  5. Excellent computer skills
  6. Excellent facilitation skills and proven abilities to design and implement trainings for a wide range of stakeholders ranging from local community members to local government representatives and teachers

The post holder must commit to following dZi’s personnel policies and procedures, and adhere to its core beliefs and values.

Interested candidates are requested to submit their CV along with a cover letter, two professional references, and salary expectations to the given email address with ‘Quality Education Coordinator Posting’ in the subject line by June 30,  2019. Women and members of marginalized communities are strongly encouraged to apply.

Email: vacancy@dzi.org

No phone calls, please.

Only short-listed candidates will be notified.

गुणस्तरिय शिक्षा कार्यक्रम संयोजक (Quality Education Coordinator) आवश्यकता सम्बन्धी सुचना


जि नेपाल कार्यालयमा गुणस्तरिय शिक्षा कार्यक्रम संयोजक  (Quality Education Coordinator) पदको लागि यही अगस्ट २०१९ बाट कार्यकाल शुरु हुने गरि एक दक्ष तथा अनुभवी कर्मचारी आवश्यकता भएकाले योग्यता पुगेको उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । यस गुणस्तरिय शिक्षा कार्यक्रम संयोजक पदमा रहने व्यक्ति जि को कार्यक्षेत्र खोटाङ, सोलुखुम्बु र भोजपुर जिल्लामा आगामी आर्थिक वर्ष देखि संचालन हुन लागेको गुणस्तरिय शिक्षा सम्बन्धी कार्यक्रम निर्माण गरी लागु गर्नका लागि जिम्मेवार हुनेछन् । कार्यकालको शुरुवाती अवधिमा योजना तथा रणनिती निर्माणका लागि काठमाण्डु कार्यालयमा धेरै समय व्यतित हुने भए पनि कार्यक्रम लागु भइसकेपछि धेरै भन्दा धेरै समय जिल्लाको कार्यक्षेत्रहरुमा नै व्यतित हुनेछ ।

पृष्ठभुमि
संयुक्त राज्य अमेरिकामा मुख्य कार्यालय रहेको जि फाउण्डेशन एक सानो अन्तराष्ट्रिय गैह्रसरकारी संस्था हो । पुर्वी नेपालको विकट क्षेत्रका समुदायसंगको साझेदारीमा यस संस्थाले उक्त ठाउँहरुको स्थानिय सामाजिक संस्थाको क्षमता अभिवृद्धि साथै समुदाय तथा व्यक्तिगत उन्नती र गुणस्तरीय जिवनको विकास गर्न समुदाय निर्देशित दिगो विकासका कार्यक्रमहरु निर्माण तथा संचालन गर्दै आएको छ ।

हाम्रा सबै कार्यक्रमहरुले दिगो विकासको सिद्धान्तलाई अवलम्बन गर्दछ जसमा संचालित कार्यक्रमको योजना देखि कार्यान्वयनसम्मको हरेक पाटोमा समुदायको आवाज र सहभागिता सबैभन्दा प्राथमिकतामा रहन्छ । हामी पुर्वी नेपालका केही निश्चित क्षेत्रहरुमा काम गर्दछौं र आगामी दिनहरुमा पनि यसै भेगमा समग्र विकासका लागि विभिन्न क्षेत्रमा दिर्घकालिन सहयोग गर्न प्रतिबद्ध छौं ।

विगत १२ वर्ष देखि हाम्रो कार्यक्षेत्रका सबै सामुदायिक विद्यालयहरुको भौतिक संरचना विकासमा हामीले काम गर्दै आइरहेको छौं । विद्यालयको भौतिक संरचना सुधारले मात्रै ग्रामिण शैक्षिक स्तरमा परिवर्तन नआउने भएकाले र धेरै लामो समयदेखि शिक्षाको गुणस्तरमा पनि लगानी गर्नुपर्ने आवश्यकता महशुस हुँदै आएकोले आगामी आर्थिक वर्ष देखि भौतिक निर्माणमा मात्र नभएर विद्यालयको शैक्षिक स्तर उन्नतीमा पनि हामीले कार्यक्रम विस्तार गर्न गइरहेको छौं । यस नयाँ शुरु हुने गुणस्तरिय शिक्षा कार्यक्रमका लागि हामीले केही निश्चित लक्ष्यहरु निर्धारण गरेका छौं जुन यसप्रकार रहेको छ
– सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या वढ्दो वा स्थिर – निजी विद्यालयमा जाने क्रम घटाउने र विशेष गरि छात्राहरुले विद्यालय छोड्ने दर घटाउने
– विद्यालयमा दैनिक गयल संख्या कमसेकम ५०% ले घटाउने
– विद्यालयको उपल्लो तहको कक्षाको नतिजा पास प्रतिशत र ग्रेडमा उल्लेखनीय सुधार (माविका लागि एसइई, आधारभुतका लागि ८ र ५ को नतिजामा कमसेकम २५ प्रतिशतले सुधार)

पद विवरण
नौलो तरिकाले काम गर्ने संस्थामा दिर्घकालिन रुपमा आवद्ध हुनका लागि तयार नेपाली नागरिकहरुका लागि यो पद खुल्ला गरिएको छ । उम्मेदवारहरुमा स्व–प्रेरणा भएको र निर्देशन बिना स्वतन्त्र रुपमा काम गर्न सक्ने क्षमता प्रष्ट देखिएको हुनुपर्नेछ । नेपालका अति ग्रामिण भुभागहरुमा लामो समयसम्म रहेर र ग्रामिण समुदायहरुलाई सम्मान गर्दे उनीहरुबाट सिकेर काम गर्न तत्परता भएको हुनुपर्नेछ । कार्यक्रमको सफल कार्यान्वयन र व्यवस्थापनका लागि शिक्षा संयोजकले कार्यकारी निर्देशक, नेपाल उप निर्देशक, जि का सबै फिल्ड कर्मचारी र हाम्रो साझेदारी संस्थाहरुसंग एकदमै नजिक भएर काम गर्नुपर्नेछ ।

मुख्य जिम्मेवारीहरु

आगामी वर्षदेखि शुरु हुने नयाँ गुणस्तरिय शिक्षा कार्यक्रमको अवधारणा निर्माण गर्ने देखि लिएर कार्यक्रम लागु गर्ने मुख्य नेतृत्वदायी भुमिका यस पदमा आसिन व्यक्तिको हुनेछ । माथि उल्लेखित लक्ष्यहरु कार्यक्रम लागु भएको २ वर्षभित्र हासिल गर्नका लागि कार्यअवधिको शुरुवाती ५ महिना योजना निर्माणमा व्यतित हुनेछ जस अन्तर्गत कार्यक्रमको अवधारणा विकास, दिर्घकालिन रणनिती निर्माण, थप कर्मचारी भर्ना, र कार्यक्रम कार्यान्वयन योजना निर्माण हुनेछन् ।

जि को कार्यक्षेत्रका सामुदायिक विद्यालयहरु मध्ये गुणस्तरिय शिक्षा कार्यक्रम लागु गर्नका लागि छनौट भएका विद्यालयहरुमा दिर्घकालिन रणनिती तथा योजना निर्माण, कार्यक्रम तर्जुमा र कार्यान्वयनको प्रमुख जिम्मेवारी यस कार्यक्रम संयोजकको रहनेछ । यसका लागि तल दिइएका कार्यहरु यस पदको प्रमुख जिम्मेवारीहरु हुनेछन्

योजना निर्माण अवधि – ५ महिना
– स्थानिय सरोकारवालाहरुसंगको भेटघाट र समन्वय मार्फत कार्यक्रमको मुख्य लक्ष्यलाई स्थानिय माग र क्षमताका आधारमा मुल्याकंन गर्र्दै आवश्यकता परेमा हेरफेर गर्ने
– हाम्रो कार्यक्षेत्रको सामुदायिक विद्यालयको वर्तमान परिस्थितीको अध्ययन गरि कार्यक्रम कार्यान्वयनका लागि एक आधारभुत स्तर (baseline) तयार गर्ने र यसै अध्ययन मार्फत कार्यक्रम रणनिती निर्माणको आधार पनि तयार गर्ने
– कार्यक्रमको ५ वर्षे रणनैतिक ढाँचा निर्माण गर्ने जसमा तोकिएको अवधिमा कार्यक्रमको लक्ष्य हासिल गर्नका लागि शुरुवाती परिक्षण काल हुँदै बढोत्तरी सम्मका रणनिती समाविष्ट भएको हुनुपर्नेछ
– कार्यक्रम कार्यान्वयन योजना निर्माण गर्ने जसमा कार्यक्रम रणनिती, कार्ययोजना, लागु हुने समयक्रम साथै बजेट र समयक्रम अनुसारका मुख्य उपलब्धि समाविष्ट हुनेछन्
– कार्यक्रम लागु गर्नका लागि विभिन्न संस्थाहरुसंग भेट्ने र उपयुक्त साझेदार संस्था छनौट गर्ने साथै कार्यक्रम लागु गर्नका लागि सहयोगी हुने श्रोत व्यक्ति र संस्थाहरुको पनि पहिचान गर्दै समन्वय गर्ने
– आवश्यकता अनुसार थप कर्मचारी भर्ना गर्ने

कार्यक्रम कार्यान्वयन अवधि (जनावरी २०२० देखि शुरु हुने गरी)
– सबै सरोकारवाला निकाय, साझेदारी संस्था र स्थानिय विद्यालयमा कार्यक्रम अभिमुखीकरणका लागि संस्थागत पाठ्यक्रम तयार गरी अभिमुखीकरण गर्ने
– कार्यक्रमको सफलतापुर्वक कार्यान्वयन गर्ने, निरन्तर चुस्तदुरुस्त व्यवस्थापन, अनुगमन तथा मुल्याकंन र आवश्यकता अनुसार रणनितीमा हेरफेर ल्याउने
– आवश्यकता अनुसार सरकारी र अन्य गैह्रसरकारी निकायसंग समन्वय
– गुणस्तरिय शिक्षा कार्यक्रमलाई सघाउ पु¥याउनका लागि जिको विद्यालय भवन निर्माण परियोजनामा उपयुक्त नयाँ डिजाइन तथा अन्य भौतिक निर्माणहरु भित्राउनका लागि जि को भौतिक निर्माण टोलीसंग समन्वय गर्ने
– कार्यक्रमको लागि दाता र श्रोत खोज्ने काममा सघाउ पु¥याउनका लागि आवश्यकता अनुसार सन्दर्भ सामग्री निर्माण, बजेट निर्माण, टाइमलाइन निर्माण र रणनिती निर्माण गर्ने
– कार्यक्रमलाई हरदम समय सान्दर्भिक र प्रभावकारी बनाउनका लागि नयाँ नयाँ शैक्षिक विधीहरु, प्रविधीहरु तथा श्रोतहरुको निरन्तर सोधखोज र अध्ययन गरिरहने
आवश्यक योग्यताहरु
यस पदका लागि व्यक्तित्व, सृजनशिलता र अनुभव तिन वटै गुणलाई उत्तिकै महत्व दिइनेछ । उम्मेदवारहरुमा निम्न योग्यताहरु भएको हुनुपर्नेछ
– नेपालका ग्रामिण भेगका विद्यार्थीहरुको शैक्षिक अवसरलाई सुधार गर्ने लक्ष्यमा दत्तचित्त
– नेपाली भाषाको लेखनमा राम्रो दख्खल तथा अंग्रेजीको मौखिक र लिखित सामान्य ज्ञान भएको । अंग्रेजी बोली र लेखनमा दख्खल भएका थप राम्रो हुनेछ ।
– सम्बन्धित विषयमा स्नातक तह पुरा गरेको हुनुपर्नेछ । स्नातकोत्तर तह पुरा गरेकोलाई विशेष प्राथमिकता दिइनेछ
– शिक्षाको क्षेत्रमा जस्तै ग्रामिण विद्यालयको शैक्षिक स्तर सुधार, शैक्षिक सामग्री निर्माण, पाठ्यक्रम विकास, शिक्षण आदिमा कमसेकम ३ वर्ष काम गरेको अनुभव भएको ।
– ग्रामिण भुभागमा लामो अवधिसम्म बसेर काम गर्न सक्ने, कठिन भौगोलिक क्षेत्रमा लामो समयसम्म हिडडुल गर्न सक्ने क्षमता, अनुभव तथा तत्परता
– कम्युटरको राम्रो ज्ञान भएको

दक्षताहरु
– संचारको राम्रो सिप भएको र स्थानिय फिल्ड कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिती तथा सम्बन्धित सरोकारवालाहरु लगायत विभिन्न व्यक्ति तथा संस्थाहरुसंग निकट भइ काम गर्न सक्ने क्षमता भएको
– संस्था, समुदाय र आफ्नो पदप्रति इमान्दार, निष्ठावान र जवाफदेही
– विश्लेषणात्मक क्षमता भएको र सृजनशिल रुपमा काम गर्न सक्ने
– स्व–प्रेरणा भएको र बिना निर्देशन स्वतन्त्र रुपमा काम गर्न सक्ने क्षमता
– सहजीकरणको राम्रो सिप भएको साथै विभिन्न तहका सरोकारवाला (समुदाय सदस्य, विव्यस सदस्य, शिक्षक देखि स्थानिय निकायका सदस्यहरु आदि) लाइ सुहाउँदो तालिमहरु निर्माण गर्न र सहजीकरण गर्न सक्ने गरि यथेष्ट ज्ञान र अनुभव भएको

यस पदमा आसिन व्यक्तिले जि फाउण्डेशनको कर्मचारी नियमावली पालना गर्नुपर्नेछ साथै जि फाउण्डेशनको आन्तरिक विश्वास र मुल्य मान्यता प्रति निष्ठावान हुनुपर्नेछ । इच्छुक उम्मेदवारहरुलाई यस जि फाउण्डेशनको कार्यालयमा आफ्नो बायोडाटा, निवेदन, दुईटा पेशागत reference साथै अपेक्षित तलबका साथमा vacancy@dzi.org मा ‘Quality Education Coordinator  Posting’ विषय उल्लेख गरी यही जुनको ३०, २०१९ भित्र निवेदन दिन हुन अनुरोध गरिन्छ ।


अन्य जानकारीहरु :
– कृपया फोन गर्ने कष्ट नगर्नु होला ।
– परीक्षाको लागि छनौटमा परेका उम्मेद्दवार लाई मात्र वोलाईने छ ।
– परीक्षाको किसिम लिखित तथा अन्तवार्ता दुवै हुनेछ साथै परीक्षाको मिति पछि तोकिने छ ।
– महिला तथा पिछडिएका समुदायका उम्मेदवारहरुलाई निवेदन दिनका लागि विशेष प्रोत्साहन गरिन्छ ।

Share on Facebook Share via Email